बिश्वकप फुटबल : दक्षिण कोरियाको पोस्टमा १३ मिनेट भित्र ब्राजिलको लगातार २ गोल — OSNepal

बिश्वकप फुटबल : दक्षिण कोरियाको पोस्टमा १३ मिनेट भित्र ब्राजिलको लगातार २ गोल

LC (KTM) December 06, 2022 0

कतार विश्वकप फुटबलको नकआउट चरण अन्तर्गत अहिले ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा भईरहेको छ । १३ मिनेटमा ब्राजिलले लगातार २ गोल गर्न सफल भएको छ । ब्राजिलका लागि खेलको ७ औ मिनेटमा भिनियस जुनियरले गोल गर्दै अग्रता दिलाएका थिए ।

त्यस्तै खेलको १३ औ मिनेटमा ब्राजिलले पेनाल्ती मार्फत दोस्रो गोल गर्न सफल भएको छ । नेयमारले पेनाल्टीमा गोल गरेका हुन् । ब्राजिल आज दक्षिण कोरियालाई हराएर क्वाटरफाइनलमा स्थान पक्का गर्ने योजनामा रहेको छ ।

दक्षिण कोरिया पनि बलियो टोलीविरुद्ध उत्कृष्ट जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ । ब्राजिल समूह जी को विजेता र दक्षिण कोरिया समूह एच को उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर