दक्षिण भारतीय अभिनेता महेश बाबूले लिए एउटै फिल्मको ५५ करोड पारश्रमिक — OSNepal

दक्षिण भारतीय अभिनेता महेश बाबूले लिए एउटै फिल्मको ५५ करोड पारश्रमिक

LC (KTM) July 01, 2021 0

दक्षिण भारतीय अभिनेता मध्ये सबैभन्दा चलेका नायक महेश बाबु हुन् । उनको अभिनय र क्युट अनुहारले सबैलाई पागल नै बनाईदिन्छ । उनको फ्यान फलोइङ समेत एकदमै राम्रो रहेको छ । तेलुगु हिरोहरु मध्ये यिनले राम्रै पैसा पनि कमाई हेका छन् ।

यीनै हिरोको पारश्रमिकको कुरा गर्दा तपाईलाई बिश्वास नलाग्न सक्छ । उनले हालै एउटा फिल्मका लागि ५५ करोड भारतीय रुपैया लिने भए पछि भारतीय सिनेजगत पुरै हल्लिएको छ । निर्देशक त्रिविक्रम निवासको नयाँ फिल्म पार्थुको लागि उनले यति धेरै महँगो पारिश्रमिक लिएको खबर भारतीय सञ्चार माध्यममा पुरै छाएको छ।

निर्देशक निवास र महेश बाबू एक अर्का संग एकदमै भिजेका पनि छन् । उनीहरुले यसअघि दुई वटा फिल्ममा संगै काम गरिसकेका छन् । निवास संग महेशबाबूको यो तेस्रो फिल्म रहेको छ । गत मे महिनामा घोषणा गरिएको यो फिल्म चाँडै फ्लोरमा जाने बताइएको छ।

एस राधाकृष्णद्वारा हारिका र हस्सिन क्रिएसन्सको ब्यानरमा बन्ने यो फिल्ममा महेश बाबुसँग अभिनेत्री पूजा हेगडे मुख्य भूमिकामा देखिने छिन्। हाल महेश परशुरामद्वारा निर्देशित सरकारु वारी पाटामा ब्यस्त रहेका छन् । यो फिल्म एक्सन थ्रिलर फिल्म हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर