तौल धेरै भएका कारण आइकोनिक गीत छैय्या छैय्या गुमाएकी थिईन् यी अभिनेत्रीले — OSNepal

तौल धेरै भएका कारण आइकोनिक गीत छैय्या छैय्या गुमाएकी थिईन् यी अभिनेत्रीले

LC (KTM) December 06, 2022 0

आइकोनिक गीत छैय्या छैया अझै पनि जनताको मनपर्ने गीतको रुपमा रहेको छ । यस गीतमा मलाइकाले ट्रेनको छतमा यसरी नाचिन् कि उनी स्टार बनेकी छिन् । तर के तपाईलाई थाहा छ छैय्या छैयाका लागि निर्माताको पहिलो रोजाई मलाइका नभई अभिनेत्री शिल्पा शिरोडकर थिइन् । शिल्पाले आफ्नो तौल बढेपछि यो गीत गुमाएकी हुन् ।

एक अन्तर्वार्तामा शिल्पा शिरोडकरले भनिन्, ‘छैय्या छैय्या गीतका लागि मलाई अप्रोच गरिएको थियो । तर पछि उनीहरुलाई लाग्यो कि म यो गीत गर्न धेरै मोटी छु । मेरो पछि यो गीत मलाइका अरोराको लागि गयो ।” यो गीतमा शिल्पा भएको भए उनको करियर पक्कै उकालो लाग्ने थियो । सबैभन्दा पहिले उनले शाहरुख खानजस्ता ठूला अभिनेतासँग स्क्रिन सेयर गर्न पाउने थिईन् ।

दोस्रो, उनले गीतको सफलताको फाइदा उठाउन सक्छिन्। तर शिल्पालाई कुनै पछुतो छैन । उनका अनुसार यो सबै भाग्यको खेल हो । यद्यपि शिल्पा दुखी थिइनन् भन्ने होइन । इ–टाइम्ससँगको कुराकानीमा शिल्पाले शाहरुख खानसँग काम गर्ने मौका गुमाएको कारण आफू निराश भएको बताइन् । तर पछि शिल्पाले शाहरुखसँग फिल्म गज गामिनीमा काम गर्ने मौका पाइन् । दुवै एक दृश्यमा सँगै देखिएका थिए ।

त्यसपछि किंग खानसँग काम गर्ने शिल्पाको सपना पूरा भयो । शिल्पा ८०–९० को दशककी स्टार थिइन् । उनी अहिले टिभी कार्यक्रममा देखिने गर्छिन् । शिल्पा महेश बाबुकी श्रीमती नम्रता शिरोडकरकी बहिनी हुन् । छैय्या छैय्या गीतको कुरा गर्दा यो गीत चलचित्र ‘दिल से’ को हो । गीत रिलिज हुनेबित्तिकै हिट भयो । यो गीत चार्टबस्टरको शीर्ष स्थानमा रह्यो।

छैय्या छैया गीतको कोरियोग्राफी फराह खानले गरेकी हुन् । गीतलाई एआर रहमानले संगीत दिएका थिए भने सुखविंदर सिंहले गाएका थिए। यो गीतमा शाहरुख र मलाइका रहेका छन् । चलिरहेको रेलमा दुबै जना नाचिरहेका थिए । यो गीतका लागि धेरै अभिनेत्रीलाई सम्पर्क गरिएको थियो । जसमा शिल्पा शेट्टीको नाम पनि परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर