जनता, लोकतन्त्र र संविधानको रक्षाको लागि एक मात्र विकल्प हो 'विद्रोह' :रामकुमारी झाँक्री — OSNepal

जनता, लोकतन्त्र र संविधानको रक्षाको लागि एक मात्र विकल्प हो ‘विद्रोह’ :रामकुमारी झाँक्री

LC (KTM) May 13, 2021 0

काठमाडौँ ३० बैशाख । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले नेपाल समुहलाई संकेत गर्दै ठोस प्रस्‍ताव र विना लिखित सहमति अलमलमा नपर्न सुझाव दिएकी छन् ।

झाँक्रीले प्रधानमन्त्री ओलीले आफुले गरेको संसद विघटन सहि थियो भन्नलाई यो सब गरेको भन्दै जनता, लोकतन्त्र र संविधानको रक्षाको लागि विद्रोह एक मात्र विकल्प रहेको उनको तर्क रहेको छ । यदि नेपाल समुहले आत्मसमपर्ण गर्यो भने कम्युनिष्ट आन्दोलनको बिसर्जन हुन्छ भन्दै ओलीको पछि नलाग्न आग्रह गरेकी छिन् । उनले ट्वीटर मार्फत यस्तो टिप्पणी गरेकी हुन् ।

ट्‍वीटरमार्फत प्रतिक्रया दिँदै उनले भनेकी छन्, ‘ठोस प्रस्ताव र लिखित सहमति विना अलमलमा पर्नुहुन्न।आफूले संसद विघटन गरेको सही थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुँदैछ। जनता, लोकतन्त्र र संविधानको रक्षाको लागि हाम्रो अगाडि एक मात्र विकल्प हो विद्रोह। हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको विसर्जन गर्छ। सचेत बनौँ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर