गायक राजन तामाङ र गायिका एलिना चौहानको आवाजमा ‘मरे त सम्झना’ गीतको म्युजिक भिडियो सार्वजनिक — OSNepal

गायक राजन तामाङ र गायिका एलिना चौहानको आवाजमा ‘मरे त सम्झना’ गीतको म्युजिक भिडियो सार्वजनिक

Bibek Karki December 07, 2022 0

गायक राजन तामाङ र गायिका एलिना चौहानको आवाजमा ‘मरे त सम्झना’ बोलको गीत बजारमा आएको छ । उनै गायक राजन तामाङको आफ्नै युटुब च्यानलमार्फत राजन तामाङमार्फत गीतलाई बजारमा ल्याएको हो ।

दर्शक एंव श्रोताहरुले गीतलाई मन पराउनेमा आफु विश्वस्त रहेको गायक राजन तामाङले बताए । गायक एंव संगीतकार आर बि लामाको शब्द र संगीत रहेको उक्त गीतलाई रिकेश गुरुङले संगीत संयोजन गरेका हुन् भने श्याम श्वेत रसाइलीले मिक्सिङ गरेका हुन् ।

भिडियोमा कार्टुन क्रुका सरोज अधिकारी, आश्मा विश्वकर्मा, आरबि लामा, अनु तामाङ र बाल कलाकार देवानसी राज्यलक्ष्मी शाह र श्रेयस तामाङको अभिनय समेटिएको छ । रामकुमार केसीले छायांकन र राजिव समरले कोरियोग्राफी गरेको उक्त गीतको म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन, कलर र निर्देशन गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर