आमा रविना देशराज श्रेष्ठले मुम्बईमा फ्ल्याट खरिद गरेपछि मुम्बई बस्दैछन् प्रियंकाका पति आयुष्मान र आशिरमान ! — OSNepal

आमा रविना देशराज श्रेष्ठले मुम्बईमा फ्ल्याट खरिद गरेपछि मुम्बई बस्दैछन् प्रियंकाका पति आयुष्मान र आशिरमान !

LC (KTM) December 08, 2022 0

काठमाडौं – एकै परिवारबाट आएका दाजु-भाई आयुष्मान देशराज जोशी र आशिरमान देशराज जोशी मुम्बईमा बस्न लोको खबर बाहिर आएको छ । पछिल्लो पटक फिल्म ‘द ब्रेकअप’मा देखिएका आशिरमान देशराजले डेढ वर्षदेखि मुम्बईमा बसेर फिल्म मेकिङको कोर्ष गरिरहेको बताइएको छ ।

आयुष्मानले अभिनेत्री प्रियंका कार्कीसँग विवाह गरेपछि फिल्म ‘चि मुसी चि’मा अभिनय गरे, जुन पुष २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । उनीहरुकी आमा तथा मेगा बैंक नेपालकी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले हालै मुम्बईमा एउटा फ्ल्याट खरिद गरेको र शोही फल्याटमा दुई दाजुभाइ बस्न लागेको बताइएको छ ।

केही दिनअघि उनले मुम्बईमा किनेको फ्ल्याटको भिडियो इन्स्टाग्राममा सेयर गरेपछि यो कुराले पनि दाजु९भाई उतै बस्न लागेको कुरालाई बल पुगेको हो । उनले बुधवार इन्स्टा स्टोरीमा आयुष्मानको प्रि-बर्थडे सेलिब्रेसन गरेका तस्बिर तथा भिडियोहरु पोस्ट गरेकी छन् ।

उनीहरुको साथमा मुम्बईमा बस्दै आइरहेकी अभिनेत्री परमिता आरएल राणा पनि छिन् । बाक्लै रुपमा मुम्बई आउ९जाउ गरिरहेकी रविनाले दुई छोराका लागि मुम्बईमा फ्ल्याट किनेको हुनसक्ने आँकलन धेरैको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर