चर्चित अभिनेता कृष्णा जी रावको निधन, फिल्म उद्योग स्तब्ध — OSNepal

चर्चित अभिनेता कृष्णा जी रावको निधन, फिल्म उद्योग स्तब्ध

LC (KTM) December 08, 2022 0

एजेन्सी । दक्षिण भारतीय अभिनेता कृष्णा जी रावको निधन भएको छ । लामो समयदेखि बिरामी परेका उनको ७० वर्षको उमेरमा निधन भएको हो ।बैंगलोरको एक अस्पतालमा आईसीयूमा उपचारत उनको उपचारकै क्रममा निधन भएको हो । कुन रोगबाट पीडित थिए भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।

कृष्णलाई सामाजिक सञ्जाल मार्फत कलाकार तथा उनका प्रशंसकले श्रद्धाञ्जली दिएका छन् । उनी अभिनेता यश अभिनित र प्रशान्त नील द्वारा निर्देशित फिल्म ‘केएफजी’ मा देखिएका थिए । उक्त फिल्ममा उनले दृष्टिविहीन वृद्धको भूमिका निभाएका थिए ।

कृष्णको निधनले फिल्म उद्योग गहिरो शोकमा डुबेको छ । उनले वास्तविक पहिचान केजीएफबाट पाए । त्यसवपछि उनले लगातार ३० फिल्ममा काम गरेका थिए । कृष्णा अभिनित अन्तीम फिल्म ‘नानो नारायणपुर’ रिलिजको तयारीमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर