भारतीय अभिनेता मनोज बाजपेईको जीवनमा आइपर्यो अर्को बज्रपात — OSNepal

भारतीय अभिनेता मनोज बाजपेईको जीवनमा आइपर्यो अर्को बज्रपात

LC (KTM) December 08, 2022 0

काठमाडौं । बलिउड अभिनेता मनोज बाजपेयीकी आमा गीता देवीको ८० वर्षको उमेरमा निधन भएको छ । उनले आज बिहान ८ः३० बजे दिल्लीको एक अस्पतालमा निधन भउको भारतिय मिडियाले जनाएका छन् ।

लामो समयदेखि उमेर सम्बन्धी रोगबाट पीडित गीतको निधनले मनोज र उनको सम्पूर्ण परिवार स्तब्ध भएको छ । गत वर्ष अक्टोबरमा मनोज बाजपेयीका पिता राधाकान्त बाजपेयीको ८३ वर्षको उमेरमा निधन भएको थियो । बुवाको निधन भएपछि मनोज केरलामा रहेको फिल्मको सुटिङ छाडेर फर्केका थिए , अहिले फेरी आमाको निधन भएसँगै उनी गहिरो शोकमा डुबेका छन् ।

आमाको निधन अघि मनोज बाजपेयीले भनेका थिए , ‘म मेरा आमाबुवासँग धेरै नजिक छु । मेरो र मेरा दाजुभाइको शिक्षाका लागि मेरा आमाबुवाले धेरै संघर्ष गर्नुभएको छ । उहाँले मेरो मनपर्ने अभिनेता मनोज कुमारको नामबाट मेरो नाम मनोज राख्नुभयो।’

फिल्म ‘ब्यान्डिट क्वीन’ बाट बलिउडमा प्रवेश गरेका बाजपेयीले दूरदर्शनबाट प्रसारण हुने शो ‘स्वाभिमान’ बाट आफ्नो करियर सुरु गरेका थिए।उनले यो फिल्ममा आफ्नो दमदार अभिनयले सबैको मन जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर