पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पमाथि १५ वर्षदेखि कर छलेको आरोप, अनुसन्धान सुरु — OSNepal

पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पमाथि १५ वर्षदेखि कर छलेको आरोप, अनुसन्धान सुरु

LC (KTM) July 02, 2021 0

एजेन्सी । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि कर छलीको आरोप लागेको छ । बिबिसीले जनाए अनुसार पूर्व राष्ट्रपति ट्रम्पको कम्पनी र यसका वित्त प्रमुख एलेन वेसलवर्गले कर छली गरेको आरोप लागेको हो ।

ट्रम्पको कम्पनीले विगतत १५ वर्षदेखि अवैध भुक्तानीमार्फत कर छली गर्दै आएको छ ।तर कम्पनीका कानुनी सल्लाहकारसमेत रहेका वेसलवर्गले कर छली नगरेको दावी गरेका छन् । ट्रम्पको होल्डिङ कम्पनीले होटल र गल्फ क्लब लगायतका विभिन्न फर्महरु सञ्चालन गर्दै आएको छ ।

सो कम्पनीले करिब तीन मिलियन डलर कर छली गरेको आरोप लागेको हो । ट्रम्पको कम्पनीमाथि कर छलीको आरोप लागेसँगै सरकारी अधिकारीहरुले अनुसन्धान थालेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर