बुवाको निधन भएको एक बर्ष नबित्दै अर्काे बज्रपात आयो यी बलिउड अभिनेतालाई — OSNepal

बुवाको निधन भएको एक बर्ष नबित्दै अर्काे बज्रपात आयो यी बलिउड अभिनेतालाई

LC (KTM) December 08, 2022 0

बलिउड अभिनेता मनोज बाजपेयीमाथि दुःखको पहाड छाएको छ । अभिनेताकी आमा गीता देवीको निधन भएको छ । मनोज बाजपेयीकी आमा लामो समयदेखि बिरामी थिइन् । उनले आज बिहान अन्तिम सास लिएर संसारबाट सदाको लागि बिदा लिईन् ।मनोज बाजपेयीकी आमा गीता देवी ८० वर्षकी थिइन् ।

पछिल्लो केही दिनदेखि उनको दिल्लीको एक अस्पतालमा उपचार भइरहेको थियो । बिरामी भइन् र अस्पतालमै मृत्यु भयो । मनोज बाजपेयी आफ्नी आमाको निधनले भाँचिएका छन् । उनको सम्पूर्ण परिवार स्तब्ध छ। फ्यानहरूले उनीहरूलाई हिम्मत जुटाउने शक्ति प्राप्त होस् भन्ने सल्लाह दिइरहेका छन्। मनोज बाजपेयीले एक वर्षअघि आफ्नो बुबा गुमाए ।

गत वर्ष मनोज बाजपेयीका पिता राधाकान्त बाजपेयीले संसारलाई बिदाइ गरेका थिए । बुवाको निधन भएको एक वर्ष नबित्दै मनोज बाजपेयीले आमालाई सधैंका लागि गुमाए । मनोज बाजपेयीका आमाबुवा उनको शक्ति थिए। अभिनेता आफ्नो आमाबाबुको धेरै नजिक थिए । बुबापछि अहिले आमाको विदाईका कारण मनोज निकै दुखी छन् र यो कठिन समयमा आफ्नो परिवारको हेरचाह गरिरहेका छन् ।

चलचित्र निर्माता अशोक पण्डितले मनोज बाजपेयीकी आमाको निधन भएको जानकारी दिएका छन् । उनले आफ्नो ट्विटमा लेखेका छन्- मनोज बजयेपी आमाको निधनमा तपाई र तपाईको सम्पूर्ण परिवारलाई हाम्रो समवेदना। मनोज बाजपेयी बलिउडका एक यस्तो अभिनेता हुन्, जसले आफ्नो दमदार अभिनयले फ्यानको मनमा राज गर्छन्। उनी पर्दामा देखिएपछि फ्यानले ताली बजाउँछन् । मनोज बाजपेयीका धेरै परियोजना पाइपलाइनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर