बेलायतमा 'तारेबा थिक निसुङरो' — OSNepal

बेलायतमा ‘तारेबा थिक निसुङरो’

LC (KTM) December 08, 2022 0

लामो समयदेखि बेलायतलाई कर्म थलो बनाएकी गीतकार कल्पना आङबुहाङको शब्दमा तयार भएको बेलायतमा छायांकन गरिएकोे लिम्बु गीत “तारेबा थिक निसुङरो” को भिडियो ११ डिसेम्बर आईतबार एक भव्य कार्यक्रम बीच सर्वजनिक गरिने भएको छ । आङबुहाङले एक सय बढी गीत रचना एवं हालसम्म २५ बढी भिडियो निर्माण गर्नुभएको छ ।

बेलायतको रमणीय स्थानसंगै सिसेक्पा ताङनाम मेलामा समेत छायांकन गरिएको “तारेबा थिक निसुङरो” मा कला चेम्जोङ र बिकास तुम्वापोेले स्वर भरेका छन् भने संगीत र म्युजिक एरेन्ज टेकेन्द« याक्सोको रहेको छ ।

भिडियोमा प्रवासमा रहेर पनि कला क्षेत्रमा सक्रिय कलाकार कमला सेन्दाङ लिम्बु र सबिन तुम्बाहोङफे लिम्बुको अभिनय, रेकर्डिङ सागर सुब्बा र बिसी रार्ईको रहेको छ भने भिडियो छायांकन, सम्पादन, निर्देशन कुशल श्रेष्ठले र भिडियो निर्माण पुरण कुमार याक्सोले गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर