केही दिन अघि बिहे गरेकी चर्चित अभिनेत्री हंसिकालाई किन लाग्यो आफ्नै मिल्ने साथीको घरजम ताडेको अरोप ? — OSNepal

केही दिन अघि बिहे गरेकी चर्चित अभिनेत्री हंसिकालाई किन लाग्यो आफ्नै मिल्ने साथीको घरजम ताडेको अरोप ?

LC (KTM) December 08, 2022 0

एजेन्सी – दक्षिण भारतीय अभिनेत्री हंसिका मोटवानीले डिसेम्बर ४ मा विवाह गरेकी छन्। उनले आफ्नो प्रेमी सोहेल कथुरियासँग विवाह गरेकी हुन्।विवाह समारोह २ डिसेम्बरबाट सुरु भएर ४ मा सकिएको थियो । बिहेमा उनी निकै सुन्दर देखिएकी थिइन् ।

२ डिसेम्बरमा हल्दी समारोह भएको थियो भने ३ डिसेम्बर मेहेन्दी र संगीत समारोह भएको थियो। विवाहमा हंसिकाले रातो लेहेंगा लगाएकी थिइन् भने सोहेलले सेतो सेरवानी लगाएका थिए।

शाका लाका बुम बुम’ नामक बाल टेलिशृंखलाबाट अभिनय सुरु गरेकी हंसिकाले ‘हावा, कोइ मिल गया, जागो, हम कोन हे, आब्राका डाब्रा र मनि हे तो हनी’ लगायत बलिउड फिल्ममा अभिनय गरेकी छन्।

सोहेल एक व्यापारी हुन् जसमा हंसिका पनि आवद्ध छिन्। चकित पार्ने कुरा के छ भने हंसिकाले विवाह गर्न लागेका सोहेल उनको आफ्नै साथी रिंकीका पूर्व पति रहेको खुल्न आएको छ ।

रिंकी र सोहेलको विवाह सन् २०१६ मा भएको थियो । तर, उनीहरू केही समयपछि नै अलग भएका थिए । अहिल ेसोहेल र रिंकीको विवाहको भिडियो भाइरल भइरहेको छ ।

सार्वजनिक भएको भिडियोमा हंसिका आफ्नी साथी रिंकी र सोहेलको विवाह अघिको समारोहमा सहभागी भएकी छन् । यहि कारण युुर्जसले हंसिकालाई साथीको घरजम तोडेर आफुले बिहे गरेको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर