काठमाडौं उपत्यकाको खानेपानीको समस्या दीर्घकालीन रूपमा अन्त्य गरिने : चौधरी — OSNepal

काठमाडौं उपत्यकाको खानेपानीको समस्या दीर्घकालीन रूपमा अन्त्य गरिने : चौधरी

LC (KTM) December 09, 2022 0

काठमाडौं, २३ मंसिर;खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकाको खानेपानीको समस्या दीर्घकालीन रूपमा अन्त्य गरिने बताएका छन् । शुक्रबार मेलम्ची खानेपानीको पुनः वितरण कार्यक्रममा बोल्दै उनले काठमाडौंमा १२ महिना नै पानी वितरण गरिने बताए ।

उनले भने, ुकाठमाडौं उपत्यकाको खानेपानीको समस्या पटक पटक दोहोरिन दिनु हुँदैन। यसलाई दीर्घकालीन रूपमा अन्त्य गर्नुपर्छ ।ु मन्त्री चौधरीले मेलम्चीको विकल्पको रूपमा याङ्ग्री, लार्के, सिस्नेरी, महादेव र ठोस्ने खोलाको पानी ल्याउन सकिने पनि उल्लेख गरे । उनले सो कार्यका लागि आफ्नै कार्यकालमा पहल थाल्नेसमेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर