इजरायल - प्यालेस्टाइनबिचको तनावमा नेपालले देखायो चासो — OSNepal

इजरायल – प्यालेस्टाइनबिचको तनावमा नेपालले देखायो चासो

LC (KTM) May 13, 2021 0

काठमाडौँ – विगत केही दिनयता ईजरायल र प्यालेष्टाइन बीच तनाव बढ्दै गएका बेला नेपालले चासो देखाएको छ । इजरायल र प्यालेस्टाइनबीचको बढ्दो द्वन्द्वबाट नेपाललाई चिन्तित रहेको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले थप हताहत र क्षति हुन नदिन दुवै पक्षलाई संयमित हुन अपिल गरेको छ ।

मन्त्रालयले दुवै पक्षलाई आह्वान गर्दै बेलैमा दुवै पक्ष संयमित भएको खण्डमा धनजनको क्षती नहुने समेत बताएको छ । गत सोमबारदेखि द्धन्द्ध चर्किएसँगै इजरायलस्थित नेपाली राजदूत डा।अञ्जना शाक्यले नेपालीहरुलाई सुरक्षित रहन अपील गरेकी छन् । राजदूत शाक्यले एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेकी हुन् ।

शाक्यले एक विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘विगत केही दिनयता इजरायल र प्यालेष्टाइनबीच त नाव बढ्दै गएको छ । जेरुसेलम र दक्षिण इजरायली क्षेत्रमा सैयौं रकेट आक्रमण भएको छ, हिजो राति मात्रै गाजाबाट तेल अबिबलाई निशाना बनाई १८० भन्दा बढी रकेट प्र हार भएको छ, नेपालीहरू सुरक्षित रहनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर