सगरमाथाको क्याप -२ मा भेटियो मानव कंकाल — OSNepal

सगरमाथाको क्याप -२ मा भेटियो मानव कंकाल

LC (KTM) May 13, 2021 0

काठमाडौँ ३० बैशाख । सगरमाथाको क्याप २ मा संकलित फोहोरलाई बेस क्याम्पमा रि–प्याकिङ गर्ने क्रममा मानव कंकाल फेला परेको छ । गत बैशाख २८ गते फेला परेको उक्त कंकाल सफा हिमाल अभियान २०२१’ अन्तर्गत फोहोर संकलन कार्यमा खटिएका नेपाली सेनासहितको संयुक्त टोलीले फेला पारेको हो ।

उक्त कंकाललाई भेटिएकै दिन हेलिकोप्टरमार्फत सगरमाथा बेस क्याम्पबाट लुक्ला पठाएको प्रहरीले जनाएको छ । मानव कंकालको दायाँ हात र बायाँ पाखुरा फेला परेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर