एनआरएनए एनसीसी निर्वाचन : सचिव (महिला) पदकी उम्मेद्धवार सुनिता भन्छिन् 'काम र अनुभवका आधारमा पनि मैले माया पाउँछु' — OSNepal

एनआरएनए एनसीसी निर्वाचन : सचिव (महिला) पदकी उम्मेद्धवार सुनिता भन्छिन् ‘काम र अनुभवका आधारमा पनि मैले माया पाउँछु’

LC (KTM) May 13, 2021 0

अमेरिका । यतिबेला गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचनको सर्वत्र चर्चा छ । यही चर्चाको मेसोमा सुनिता सापकोटा कंडेलको नाम झनै चर्चा रहेको छ । सुनिताले २०२१ – २०२३ कार्यकालको निर्वाचनका लागि उम्मेद्धवारी दर्ता गराएसँगै उनी युवापूस्तहरु माझ लोकप्रिय बनिरहेकी छिन् । सुनिता सचिव (महिला) पदकी उम्मेदवार हुन् । नवलपरासीको गैंडाकोटमा जन्मेहुर्केकी सुनिता बाल्यअवस्थादेखि नै निडर र नृतृत्व लिन सक्ने क्षमताकी थिइन् । उनलाई देख्ने र जान्नेहरु सबैले हुनेबिरुवाको चिल्लो पात भन्थे ।

ओएस नेपालसँगको कुराकानीका क्रममा उनले थपिन् चितवनको बाल कुमारी कलेजबाट ग्राजुएट गरेकी सुनिता किशोरी हुँदा देखि नै कम्युनिटी रेडियो बिजय एफएममा काम थालेपछि उनले कहिल्यै पछाडी फर्केर हेर्नु परेन । २०१४ मा अमेरिकाको क्यालिफोर्निया राज्यमा प्रवेश गरिसकेकी सुनिता त्यसपछि नेपाली महिलाहरुको विश्वसंजाल (NWGN) को क्यालिफोर्निया च्याप्टरमा सकृय रहिन ।

महिला, युवा मात्र होइन नेपाली जनसम्पर्क समिति अमेरिकाका गतिबिधिहरुमा सक्रिय रहेकी कंडेल यो पटक चाहिँ एनआरएनए एनसीसी अमेरिकामा उम्मेदवार भएको बताउँछिन् । अहिले आफ्नै ब्यबसायमा समय दिइरहेकी उनी सान फ्रानसिस्कोमा रहेर आफ्नो पारिवारिक ब्यबसाय र एनआरएनएमा समय दिइरहेकी छिन् ।

२०१७ मा एनआरएनए एनसीसी अमेरिकाको सदस्य बनेकी सुनिता एनआरएनका गतिबिधि अलावा समाजमा आइपर्ने हरेक तह र तप्काका सामाजिक काममा ब्यस्त छिन् । हाल उनी कोभिड १९ हेल्प डेस्कमा रहेर निरन्तर लागिपरिरहेकी छिन् । यो पटक आफू एनआरएनए एनसीसी अमेरिकाको सचिव (महिला) पदका लागि प्रत्यासी रहेको र निरन्तरको काम, त्याग दर तपस्याका कारण मतदाताहरुले विश्वास गर्ने पनि दाबी गरिन् । जसका कारण आँफुले निर्वाचनमा सफलता हाँसिल गर्नेमा सुनिता विश्वस्त छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर