कार पारखीहरुको लागि बिएमडब्लुको नयाँ एसयुभी सार्वजनिक — OSNepal

कार पारखीहरुको लागि बिएमडब्लुको नयाँ एसयुभी सार्वजनिक

LC (KTM) December 11, 2022 0

कारहरुको पारखीलाई खुशीको खबर आएको छ । अब भारतीय बजारमा बिएमडब्लुको नयाँ एसयुभी सार्वजनिक भए संगै खुशीयाली आएको हो ।यस कारको मुल्य भारु दुई करोड ६० लाख पर्ने कम्पनिले जनाएको छ। बिभिन्न फिचर रहेको यो कार एकदमै आकर्षक देखिएको छ ।

एक्सएममा बिएमडब्लुको प्लग इन हाइब्रिड पावरट्रेन भएको पहिलो एम मोडल हो। यसमा इलेक्ट्रिक मोटरसहितको ४.४ लिटर ट्विन टर्बो भी-८ इन्जिन जडित छ। यसले ६५३ एचपी पावर र ८०० एनएम टर्क जेनेरेट गर्छ। नयाँ एसयुभीमा ८ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ।

हाइब्रिड मोडलको एक्सएममा २५.७ केडब्लुएचको ब्याट्री प्याक छ। विद्युतीय मोडले चलाउँदा गाडीले एक पटकको पूरा चार्जमा ४८ किलोमिटरको माइलेज दिने बताइएको छ। उक्त ब्याट्री प्याक चार्ज हुन भने तीन घण्टा लाग्छ। हाइब्रिड विद्युतीय गाडीको ब्याट्री प्लग(इन तरिकाले चार्ज भने हुँदैन। यो इन्टर्नल कम्बस्टन इन्जिनमार्फत चार्ज हुन्छ।

यसबाहेक कम्पनीले एक्सएमको शक्तिशाली संस्करण पनि उत्पादन गर्ने बताएको छ। बिएमडब्लु एक्सएम जम्मा ४।३ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रति घण्टाको रफ्तारमा गुड्छ। गाडीको टप स्पीड २७० किलोमिटर प्रति घण्टासम्मको हुन सक्ने कम्पनीको भनाइ छ।

नयाँ एक्सएम मोडलको बाहिरी आवरण र आन्तरिक विशेषताहरू पनि ग्राहक(मैत्री रहेको भारतीय अटो अखबार अटोकारमा उल्लेख छ। यसमा स्प्लिट हेडल्याम्प पाउन सकिन्छ भने २१ इन्चको टायर दिइएको छ। ग्राहकहरूले आफ्नो रोजाई अनुसार २२ इन्च वा २३ इन्चको टायर पनि हाल्न सक्छन्।

यसमा पुरै एलइडी हेडलाइट र टेललाइट पाउन सकिन्छ। बिएमडब्लुले एक्सएमसँगै फेसलिफ्टसहितको नयाँ एम ३४० आई र एस१०००आरआर सुपर बाइक पनि सार्वजनिक गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर