बालवीरका देव जोशी चन्द्रमामा जाँदै — OSNepal

बालवीरका देव जोशी चन्द्रमामा जाँदै

LC (KTM) December 11, 2022 0

बाल्यकालदेखि नै चन्द आमा अर्थात चन्द्रमाको बारेमा बालबालिकालाई धेरै कथा सुनाइन्छ । चन्द आमा सबैको मनको नजिक हुनुहुन्छ । तर यदि कसैलाई वास्तविक जीवनमा चन्द्रमामा जाने मौका मिल्यो भने यो भन्दा राम्रो संसारमा अरु केही हुन सक्दैन । तपाईलाई थाहा छैन तर टिभीको चर्चित शो बलवीरका अभिनेता देव जोशीले चन्द्रमा जाने मौका पाएका छन् ।

तपाई लाई यसो भनिरहदा पनि पत्यार लाग्दैन । तर यो सत्य हो। बालबालिकाको सबैभन्दा मनपर्ने र टेलिभिजनको चर्चित शो बलवीरका अभिनेता देव जोशी चन्द्रमामा जान लागेका छन् । देव जोशीले आफैंले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एक पोस्ट सेयर गर्दै फ्यानलाई यसबारे जानकारी दिएका छन् ।

वास्तवमा जापानी व्यापारी युसाकु माइजावाले चन्द्रमा जाने योजना बनाएका छन् । चन्द्रमामा घुम्न जाने मानिसमा देव जोशीको नाम पनि परेको छ । देव जोशी चन्द्रमामा जान निकै उत्साहित छन् । उनले यसलाई सपना साकार भएको बताएका छन् । देव जोशी लेख्छन्– डियर मुन प्रोजेक्टको क्रु सदस्य हुन पाउँदा गर्व छ।

उनले लेखेका छन्– म आफ्नो खुशी शब्दमा व्यक्त गर्न सक्दिन । यो भावना सबै भन्दा बाहिर छ। म डियर मुन द्वारा जीवनकालमा एक पटक यो असाधारण, अविश्वसनीय, परियोजनाको हिस्सा हुन पाउँदा गर्व गर्छु। जीवनले मलाई सधैं नयाँ अवसरहरूको साथ आश्चर्यचकित गरेको छ र यो सबैभन्दा ठूलो कुरा हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर