रामपुर पाल्पाका विद्यार्थीको कृषिमा मोह बढ्दै — OSNepal

रामपुर पाल्पाका विद्यार्थीको कृषिमा मोह बढ्दै

LC (KTM) December 12, 2022 0

रामपुर -भुपु सैनिक राइजिङ ईङलिस स्कुल रामपुर पाल्पाका विद्यार्थीको कृषिमा मोह बढ्दै । यहाँका विद्यार्थीले विद्यालय प्राङ्गणमा करेसाबारी बनाएर तरकारी लगाउने गरेका छन् । तस्बिर ः सुशीला रेग्मी÷रासस

यो पनि:किसान समूहलाई मकैको बीउ वितरण-आफ्नो क्षेत्रका किसानको आर्थिक विकास र कृषिमा दिगोपनका लागि बेला–बेलामा विभिन्न योजना ल्याएको विराटनगर महानगरपालिकाले किसान समूह र कृषिमा आधारित सहकारी संस्थालाई मकैको उत्पादन बढाउन अनुदानमा बीउ उपलब्ध गराएको छ ।

महानगरका किसान समूह र सहकारीलाई ५० प्रतिशत अनुदानमा मकैको बीउका साथै माटोको उर्वराशक्ति वृद्धिका लागि जिङ्क पनि उपलब्ध गराइएको थियो। बीउ र जिङ्क वितरण गर्दै महानगरप्रमुख प्रमुख नागेश कोइरालाले बढ्दो सहरीकरणका कारण जमिनको उर्वराशक्तिमा ह्रास आएकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले रासायनिक मलको जथाभावी प्रयोगभन्दा जैविक मल प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।

वडा नं १९ का अध्यक्ष श्याम घिमिरेले गुणस्तरीय मकैको बीउबाट किसानले अत्यधिक लाभ लिनसक्ने अपेक्षा गर्नुभयो । महानगरपालिकाले २६ वटा किसान समूह तथा सहकारी कृषि फर्मका तीन सय ३९ घरधुरीमा वितरणका लागि एक हजार एक सय ७६ केजी मकैको बीउ र आठ हजार केजी जिङ्क उपलब्ध गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर