धिरजसँग आमा झरना र छोरी सुहाना दुवै रिसाएका थिए, तर कसरी मिल्यो अहिले एक्कासी कुरा ? — OSNepal

धिरजसँग आमा झरना र छोरी सुहाना दुवै रिसाएका थिए, तर कसरी मिल्यो अहिले एक्कासी कुरा ?

LC (KTM) December 12, 2022 0

काठमाडौँ । कुनै समय चर्को पारिश्रीमक मागेको भन्दै फिल्म ‘भगवत् गीता’का निर्माता सुनिल कुमार थापा र निर्देशक झरना थापाबिच झण्डै पानी बाराबारको अवस्था आयो । उनीहरुले धिरजको विकल्प पनि खोज्न कुनै कसर बाँकी राखेनन् ।

अरु त अरु निर्देशक झरना थापा पुत्रि सुहाना समेत धिरजसँग रिसाएको हल्ला फिल्मी बजारमा चल्यो ।निर्माता सुनिल कुमार थापा यो बिषयमा केही लचिलो भएपनि सुहाना र झरना धिरजको महंगो पारिश्रमिक मागबाट रिसाएका थिए ।

निर्माण युनिटले कलाकारको खोजी गर्दै अडिसन आह्वान गर्दा पनि भने जस्तो नायक नभेटिएपछि अन्तत आइतबार ‘भगवत् गीता’मा धिरज अनुबन्धित भए । जुन खबरले सबै चकित पनि परे । विशेषगरि, फिल्म ‘बाबरी’ असफल भएपछि धिरज पनि केही हदसम्म संझौता गर्न तयार भएका हुन् की भन्नेृ आँकलन छ ।

खासमा धिरजजसँग रिसाएकी सुहाना पनि आफ्नो फिल्मका लागि नायक नपाएर हैरान भएको अवस्थामा सुहाना पनि धिरजसँग काम गर्न तयार भएकी छिन् । धिरजका कारण फिल्मको कथा जनकपुरबाट मनाङ पुगेको छ ।

पहिले फिल्मको कथा जनकपुरबाट दार्चुलासम्मको थियो । फिल्ममा अर्का एक जना नायक पनि भएको र उनका बारेमा केही दिनमा थाहा दिने निर्माण युनिटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर