कोरोनाका कारण बागलुङमा एक घण्टामा माओवादी केन्द्रका नेतासहित तीन जनाको दुखद नि धन — OSNepal

कोरोनाका कारण बागलुङमा एक घण्टामा माओवादी केन्द्रका नेतासहित तीन जनाको दुखद नि धन

LC (KTM) May 13, 2021 0

काठमाडौं-कोरोनाका कारण बागलुङमा एक घण्टामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक नेतासहित तीन जना रहेका छन् । तीनै जनाको धौलागिरी अस्पतालमा उपचाररका क्रममा ज्या न गएको हो । योसँगै बागलुङमा कोभिडबाट मृ त्यु हुनेको संख्या २० पुगेको छ ।

वैशाख १९ गतेदेखि अस्पतालमा उपचाररत ढोरपाटन नगरपालिका–९ का ५७ वर्षीय शेरमान घर्तीको उपचारकै क्रममा मृ त्यु भएको हो । उहाँ नेकपा माओवादी केन्द्रका नेता हुन् ।ढोरपाटन नगरपालिकाको मेयरमा पराजित भएका घर्तीले गत वर्ष भएको बागलुङ क्षेत्र नम्बर २ ख को उपनिर्वाचनमा पनि गण्डकी प्रदेश सदस्यमा उम्मेदवारी दिएका थिए ।

तर, अन्तिम समयमा अहिले गण्डकी प्रदेश सभा सदस्य रहेर चर्चामा रहेका राष्ट्रियका खिमविक्रम शाहीलाई समर्थन जनाएर उम्मेदवारी फिर्ता लिएका थिए । त्यस्तै बागलुङ नगरपालिका–४ का ७७ वर्षीया वृद्धको मृ त्यु भएको छ भने अस्पतालमै उपचाररत गलकोट नगरपालिका–२ का ५२ वर्षीय पुरुष रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर