यी दुई बलिउड अभिनेत्रीको सितयुद्ध चर्कियो , ज्याकलिनले उल्टै नोरा विरुद्ध मुद्दा हाल्ने — OSNepal

यी दुई बलिउड अभिनेत्रीको सितयुद्ध चर्कियो , ज्याकलिनले उल्टै नोरा विरुद्ध मुद्दा हाल्ने

LC (KTM) December 13, 2022 0

मनी लान्ड्रिङ काण्डका कारण बलिउडका दुई शीर्ष नायिकाबीच सित युद्ध सुरु भएको छ । नोरा फतेही र ज्याकलिन फर्नान्डिस आमने सामने भएका छन्। नोराले ज्याकलिनविरुद्ध मुद्धा दायर गरेकी छिन् । नोराले ज्याकलिन विरुद्ध मानहानीको मुद्दा दायर गरेकी थिइन् र धेरै आरोप लगाएकी थिइन् ।

अब यस मामिलामा ज्याकलिनको पक्षबाट उनको वकिलको बयान पनि आएको छ । सुकेश चन्द्रशेखरसँगको २०० करोडको ठगी मुद्दामा ज्याकलिन फर्नान्डिस र नोरा फतेहीमाथि लामो समयदेखि सोधपुछ भइरहेको छ । ठगीको आरोप लागेपछि नोरा फतेहीले ज्याकलिनविरुद्ध मानहानीको मुद्दा दायर गरेकी छन् ।

नोराले ज्याकलिन र मिडिया ट्रायलका कारण आफ्नो छवि बिग्रिएको बताइन् । नोराको आरोपमा ज्याकलिन फर्नान्डिसका वकिलले अब प्रतिक्रिया दिएका छन् । ज्याकलिनका वकिल प्रशान्त पाटिलले अभिनेत्रीको स्पष्टिकरणमा उनको क्लाइन्ट ज्याकलिनले नोरा फतेहीको विरुद्धमा कहिल्यै केही नबोलेको बताए ।

यो केहि गलत संचार हो। ज्याकलिनले जेसुकै बयान दिए पनि उनले न्यायिक अधिकारीहरुका अगाडि नै दिएकी थिइन् । ज्याकलिनका वकिलले नोराको आरोप अस्वीकार गरेका छन् । उनले नोरालाई पनि चेतावनी दिएका छन् । ज्याकलिनका वकिलले भने– नोरा फतेहीले कुनै कारबाही अघि नै मुद्दाको प्रतिलिपि लिक गरिदिएकाले आवश्यक परे ज्याकलिनले अब कानुनी रूपमा नोरा फतेहीविरुद्ध मानहानीको मुद्दा दायर गर्न सक्नेछन् ।

यी सबै देख्दा नोरा र ज्याकलिनबीच मनी लान्ड्रिङ मुद्दामा लामो समयसम्म युद्ध चल्न सक्ने देखिन्छ । नोराले ज्याकलिन फर्नान्डिसविरुद्ध २०० करोडको मनी लान्ड्रिङ प्रकरणमा आफ्नो नाम जबरजस्ती प्रयोग गरेको आरोप लगाउँदै मानहानीको मुद्दा दायर गरेकी छन् । नोराले सुकेशसँग आफ्नो कुनै सम्बन्ध नभएको दाबी गरेकी छन् ।

उनले सुकेशलाई श्रीमती लीना मारिया पलमार्फत चिनेकी थिइन् । नोराले सुकेशबाट कुनै पनि किसिमको महँगो उपहार लिने कुरा पूर्णतया गलत भएको बताएकी छिन् । अब हेरौँ नोरा र ज्याकलिनबीचको मनी लान्ड्रिङ प्रकरणको नतिजा के हुन्छ ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर