सुर्खेत ३० वैशाख । कोरोना संक्रमण बढेसँगै सुर्खेतमा थप दुई साता निषेधाज्ञा थप्ने तयारी भएको छ । भोली शुक्रबारबाट थप दुई साता निषेधाज्ञा थप्ने निणर्य भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । यस अघि लगाइएको निषेधाज्ञा भोली अन्तिम दिन सकिनै लाग्दा फेरि दुई साता थप्ने तयारी भएको हो ।
अब निषेधाज्ञालाई थप कडाइका साथ लागु गरिने पनि जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।