युएईको जेलमा रहेका अमर बमको रिहाइको पहल गरिदिन आग्रह — OSNepal

युएईको जेलमा रहेका अमर बमको रिहाइको पहल गरिदिन आग्रह

LC (KTM) December 13, 2022 0

‘अमर बम फर्काऊ अभियान’ले २० वर्षदेखि युनाइटेड अरब इमिरेट्स (युएई)को जेलमा रहेका दार्चुलाका अमरबहादुर बमको रिहाइका लागि पहल गरिदिन सरकारसँग आग्रह गरेको छ ।

आज यहाँ पत्रकार सम्मेलन गर्दै अभियानले रोजगारीको सिलसिलामा युएई पुग्नुभएका बम बिना कसुर जेलमा बस्नुपरेको जानकारी दिएको हो । विवाह गरेको एक महिनामै श्रीमती, बुबाआमालाई छाडेर धन कमाउने सपना बोकेर बम युएईको एक कम्पनीमा सवारी चालकका रूपमा पुग्नुभएको थियो । सोही क्रममा उहाँ जेल पर्नुभएको हो । उहाँ निर्दोष रहेको भन्दै विभिन्न प्रयास भए पनि सबै असफल भएको अभियानको गुनासो छ । अभियानले सरकारले पहल नगरेकाले बमलाई स्वदेश फर्काउन ढिलाइ भइरहेको टिप्पणी गरेको छ ।

कामको सिलसिलामा भारत पुग्नुभएका दार्चुलाका बमलाई भारतीय दुई नगारिकले जालझेलमा पारी युएई पु¥याएको अभियानले जनाएको छ । जेलमा रहेका अमरलाई स्वदेश फर्काउन पहल थालेको मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बताउनुभयो ।

प्रसाईंले आफूले बमको रिहाइका लागि युएईका राजकुमारलाई पत्र लेखिसकेको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मैले केही महिनाअघि नै युएईका राजकुमारलाई पत्र पठाइसकेको छु ।”कार्यक्रममा वैज्ञानिक कपिल पौडेल, समाजसेवी जेरी ताम्राकारलगायतले अमरलाई तुरुन्त नेपाल फर्काउनुपर्नेमा जोड दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर