अर्जेन्टिना घर जान्छ, तर विश्वकप लिएर - दीपकराज गिरी — OSNepal

अर्जेन्टिना घर जान्छ, तर विश्वकप लिएर – दीपकराज गिरी

LC (KTM) December 13, 2022 0

काठमाडौं – चलचित्र निर्माता तथा कलाकार दिपकराज गिरीले फिफा विश्वकप विश्वकप अर्जेन्टिनाले जित्ने बताएका छन् । सामाजीक संजालमा एक स्टाटस लेख्दै उनले यसतो बताउका हुन् । उनले लेखका छन् । अर्जेन्टीना घर जान्छ पक्का ‘।तरतर World Cup लिएर !’ लिएर !’ उनको यो स्टाटसमा विभिन्न खाले प्रतिकृया आइरहेका छन् ।

कतारमा जारी फिफा विश्वकप फुटबलको पहिलो सेमिफाइनल खेल आज हुँदैछ । दोहाको लुसेल रंगशालामा पौने १ बजे हुने पहिलो सेमिफाइनल खेलमा साबिक उपबिजेता क्रोएसिया र अर्जेन्टिना फाइनल प्रबेशका लागि भिड्ने छन् । दुबै टोली अर्जेन्टिना र क्रोएसिया फाइनल पुग्ने योजनामा हुनेछ ।

अर्जेन्टिना लियोनल मेस्सीको कप्तानीमा मैदान उत्रदैछ भने क्रोएसियाको कप्तानी लुका मोड्रिचले गर्नेछन् । क्वाटरफाइनलमा क्रोसियाले ब्राजिललाई हराएको थियो भने अर्जेन्टिनाले नेदरल्याण्डलाई हराएको थियो ।

दुबैका लागि विश्वकप उपाधि जित्न यो अन्तिम मौका समेत रहेको छ । अर्जेन्टिना क्रोएसियालाई हराएर छैटौं पटक विश्वकपको फाइनल पुग्ने योजनामा रहेको छ । अर्जेन्टिनाले दुई पटक विश्वकप जितिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर