जरिवाना मिनाहा गरिदिन बालेनले दिए निर्वाचन आयोगमा निवेदन — OSNepal

जरिवाना मिनाहा गरिदिन बालेनले दिए निर्वाचन आयोगमा निवेदन

LC (KTM) December 14, 2022 0

काठमाडौं मंसिर २८ :काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जरिवाना मिनाहा गरिदिन निर्वाचन आयोगमा निवेदन दिएका छन् । समयमै निर्वाचन खर्च नबुझाएपछि आयोगको कारबाही स्वरूप जरिवाना तिर्नुपर्ने भएपछि शाहले जरिवाना मिनाहाका लागि निवेदन दिएका हुन् ।

निर्वाचन आयोग स्रोतका अनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले असोज ११ गते जरिवाना मिनाहा गर्न निवेदन दिएका थिए । प्रमुख निर्वाचन आयुक्त दिने शकुमार थपलियाल भने, “जरिवाना मिनाहाका लागि निवेदन आएको सुन्यौँ तर उहाँको आग्रह निर्वाचन आयोग क्षेत्राधिकार बाहिरको विषय हो ।”यो समाचार गोरखापत्र दैनिकमा छ ।

उक्त निवेदन आयोग पदाधिकारीको बैठकमा निर्णयार्थ प्रस्तुत गरिएको आयोग स्रोतको दाबी छ । काठमाडौँ महानगर पालिकाका प्रमुख शाहले आयोगमा पठाएको निवेदनको व्यहोराबारे आयोग स्रोतले भनेको छ, “निर्वाचित भएलगत्तै फोहोर व्यवस्थापनलगायतका कार्यमा व्यस्त हुनुपरेकाले समयसीमाभित्र खर्च बुझाउन सकिएन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर