काठमाडौं-एक सातामा झन्डै ३ सय कोरोना सङ्क्रमितको श व पशुपतिमा अन्त्येष्टि गरिएको छ । दैनिक मृ त्युदर समेत सर्वाधिक वृद्धि भइरहँदा पछिल्लो एक सातामा २९५ जनाको शव पशुपति क्षेत्रस्थित विद्युतीय शवदाहगृह तथा बाग्मती किनारमा श वको अन्त्येष्टि गरिएको हो । नेपाली सेनाको सहयोगमा पशुपति क्षेत्र विकास कोषले शव व्यवस्थापन गर्दै आएको बताइएको छ। एकै समयमा श वको चाप बढेका कारण वैकल्पिक स्थानसमेतको बन्दोबस्त गर्न लागेको कोषले जनाएको छ।
बाग्मती किनारमा जलाइएका श वहरुले नेपालको अवस्था पनि भारतको जस्तै बनेको भन्दै आम मानिसहरुमा चि न्ता बढेको छ । पशुपति क्षेत्रस्थित विद्युतीय शवदाहगृहको एउटा मेसिनमा खरावी आएको कारण केही दिनदेखि श वहरुलाई बाग्मती किनारमा समेत जलाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको सङ्क्रमणका कारण हिजो शुक्रवार साँझसम्म नेपालमा कुल ३ हजार ५७९ जनाको मृ त्यु भइसकेको छ।