कार्यक्रममा सहभागी हुन क्यानडा पुगेकी पर्वतारोहण संघकी बोर्ड सदस्य डोमा शेर्पा उतै बेपत्ता भएपछि — OSNepal

कार्यक्रममा सहभागी हुन क्यानडा पुगेकी पर्वतारोहण संघकी बोर्ड सदस्य डोमा शेर्पा उतै बेपत्ता भएपछि

LC (KTM) December 15, 2022 0

काठमाडौं – इन्टरनेसनल क्लाइम्बिङ एन्ड माउन्टेनेरिङ फेडेरेसन (युआइएए) को साधारणसभामा सहभागी हुन क्यानडा गउकी नेपाल पर्वतारोहण संघकी बोर्ड सदस्य डोमा शेर्पा उत्तै बेपत्ता भउकी छन् ।

अल्पाइन क्लब अफ क्यानडाले गरेको सभामा सहभागी हुन संघका अध्यक्ष निमानुरु शेर्पाको टोलीसँगै उनी गत २८ अक्टोबरमा नेपालबाट क्यानडा उडेकी उनी उतै भागेको बताइउको छ । सभा सकिएलगत्तै टोलीमा सहभागी सबै नेपाल फर्किसकेका छन्, तर शेर्पा अझै फर्केकी छैनन्।

महिना दिनसम्म पनि नफर्केपछि संघले विभिन्न माध्यमबाट सम्पर्क गरी नेपाल फर्कन भनेको थियो। उनी विवाह गर्नुपर्ने बहाना देखाउँदै फर्कन नमानेको बतायउको छ ।

शेर्पा केही महिनाअघि मात्रै संघमा बोर्ड सदस्यमा निर्वाचित भएकी थिइन्। सगरमाथा आरोहणसमेत गरेकी उनी पत्रकार पनि हुन्।घका महासचिव लम्सालले शेर्पा सभामा भाग लिन गएको, तर सँगै नफर्किएको स्वीकार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर