हेटौँडासहित मकवानपुरमा निषेधज्ञा थप कडा — OSNepal

हेटौँडासहित मकवानपुरमा निषेधज्ञा थप कडा

LC (KTM) May 13, 2021 0

वाग्मती – वाग्मती प्रदेशको राजधानी हेटौँडासहित मकवानपुर जिल्लामा यसअगाबै स्थानीय प्रशासनले लगाएको निषेधाज्ञालाई आगामी जेठ १ गते शनिबारबाट थप कडा बनाइने भएको छ । मकवानपुरको १० स्थानीय तहमध्ये चार स्थानीय तहमा वैशाख २० गतेबाट वैशाख ३१ गतेसम्म जारी निषेधाज्ञा लम्बिने भएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार आगामी जेठ १ गतेबाट थप हुनेगरी जेठ १३ गतेसम्म दोश्रो चरणको निषेधाज्ञा गर्ने तयारी गरिएको हो । हाल मकवानपुरको हेटौँडा उपमहानगरपालिकासहित भीमफेदी गाउँपालिका, मनहरि गाउँपालिका तथा थाहा नगरपालिका क्षेत्रमा निषेधाज्ञा लगाइएको थियो । जसअनुसार प्रत्येक बैंक तथा वित्तीय संस्थाहरु हप्ताको दुई दिनमात्र खुल्नेछन् । मासु पसलहरु खोल्न पाइने छैन ।

यसैगरी तरकारीहरु बिक्रीका लागि होम डेलिभरीको व्यवस्था मिलाउन आवश्यक व्यवस्था प्रशासनबाट हुने, बसपार्कको तरकारी होलसेल पसलमा अनलोड मात्र गर्न पाइने, गाडीबाट अन्य क्षेत्रमा डेलिभरी दिने मात्र सुविधा पाइने र बसपार्कमा भीडभाड गर्न नपाइने जनाइएको छ । जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले गएको वैशाख २० गतेबाट वैशाख ३१ गतेसम्म मकवानपरको हेटौँडा उपमहानगरपालिकासहित थाहा नगरपालिका, भीमफेदी गाउँपालिका र मनहरि गाउँपालिकाको पूर्वपश्चिम राजमार्गको दायाँबायाँ पाँच÷पाँच सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर