रणबीर सिंहको फेशनले दुनियाभर तहल्का पिट्यो , देखिए मुगल शासक जस्तै — OSNepal

रणबीर सिंहको फेशनले दुनियाभर तहल्का पिट्यो , देखिए मुगल शासक जस्तै

LC (KTM) July 02, 2021 0

बलिउडका स्टाईलिस हिरो रणबीर सिंह आफ्नो फेशनको सेन्सलाई लिएर निक्कै चर्चामा रहने गरेका छन् । रणबीर सिंहले आफ्नो फेशन सेन्समा फेरी एकचोटी तुफान ल्याएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा फेशन ब्राण्ड गुच्ची फोटोशुटबाट तस्बिरहरु शेयर गरेका छन् । रणबीरले गुच्चीको यो फोटोशुटमा समुन्द्र जस्तै निलो रंगको ट्रयाक सुट लगाएका छन् । उनले आफ्नो गलामा सुनको नेकलेस लगाएका छन् । यति मात्र हैन उनले लग्जरी ब्राण्डको मस्टर्ड येलो मोनोग्रामवाला मोजाका साथ मैचिंगको सन ग्लास समेत लगाएको देख्न सकिन्छ ।

उनले यो तस्बिरमा आफ्नो लामो कपाल खुल्ला छोडेका छन् । रणबीर सिंहले गुच्चीका क्रिएटिभ निर्देशक एलेसेन्ड्रो मिशेललाई श्रद्धाञ्जली दिदै तस्बिर शेयर गरेका छन् । यो फोटोमा उनी आफ्नो फेशन गेमलाई अझै उचाईमा उठाउँदै गरेको देख्न सकिन्छ । रणबीर सिंह एण्ड्रोजेनस फेसनको मामलामा रुढिबादीतालाई तोड्नको रुपमा चिनिन्छन् ।

रणबीर सिंहको यो फोटो सामाजिक सञ्जालमा भाईरल भईरहेको छ । उनको यो तस्बिरले कलाकार तथा फेमश फेसन डिजाईनरको समेत ध्यान खिचेको छ । उनीहरुले यो फोटोमा कमेन्ट गरिरहेका छन् । सामाजिक सञ्जालमा फ्यानहरुले उनको यो फोटोलाई लिएर मीम बनाईरहेका छन् । जुन भाईरल भईरहेको छ । कसैले उनलाई मुगल शासक खिलजी जस्तो भनिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर