बाच्ने आशाका साथ परिवारसँग हाशी खुशी उपचार गर्न अस्पताल गएका यि पुरुषको अक्सिजनकै कारण तिन दिनमा गयो ज्यान, श्रीमति अचेत अबस्थामा — OSNepal

बाच्ने आशाका साथ परिवारसँग हाशी खुशी उपचार गर्न अस्पताल गएका यि पुरुषको अक्सिजनकै कारण तिन दिनमा गयो ज्यान, श्रीमति अचेत अबस्थामा

LC (KTM) May 13, 2021 0

आजै कोरोना सङ्क्रमण पुष्टि भएका एक पुरुषको धवलागिरि अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको छ । बागलुङ नगरपालिका–४ का ७७ वर्षीय पुरुषको आज बिहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनी धवलागिरि अस्पतालमा वैशाख २८ गते भर्ना भएका थिए । बिरामी परेपछि समेत लामो समय अस्पताल आएका थिएनन् । श्वास फेर्न कठिन भएपछि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनको बुधबार स्वाब सङ्कलन गरेर परीक्षण गरिएको थियो । आज बिहान रिपोर्ट आउने समयमा उनको उपचारका क्रममा मृत्यु भएको फोकलपर्सन घिमिरेले बताउनुभयो ।

“अक्सिजनको मात्रा निकै कम भएपछि उहाँ अस्पताल आउनुभयो”, अस्पतालका प्रमुख डा शैलेन्द्र विक पोखरेलले भन्नुभयो, “पछिल्लो समय अस्पताल आउने बिरामी निकै गलेपछि आउने गर्नुभएको छ ।” समयमा अक्सिजन दिन सकेको भए बिरामी बच्न सक्ने सम्भावना रहने उहाँ बताउनुहुन्छ । बागलुङमा आज मृत्यु भएका पुरुषसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर