सडक अतिक्रमण हटाउन रुपनी –राजविराज सडकमा डोजर चल्यो — OSNepal

सडक अतिक्रमण हटाउन रुपनी –राजविराज सडकमा डोजर चल्यो

LC (KTM) December 17, 2022 0

रुपनी –राजविराज सडकखण्डमा अतिक्रमण गरिएको सडकलाई डोजरबाट खालि गरिँदै । यो चार लेन सडक स्तरोन्नतिको काम शुरु भएको छ ।तस्बिर : अरुण कुमार यादव,रासस

यो पनि:दुर्गमका सञ्चारकर्मीलाई विभागको तालिम-सूचना तथा प्रसारण विभागले रसुवामा प्रदान गरेको क्षमता अभिवृद्वि तालिमबाट यहाँका पत्रकारलाई समाचार लेखनमा सहज भएको छ । हिमाली दुर्गम जिल्ला रसुवामा कार्यरत पत्रकारका लागि विभागद्वारा विज्ञ प्रशिक्षकमार्फत् सरकारी निकायले प्रदान गरेको तालिमबाट दुर्गम क्षेत्रका पत्रकार प्रफुल्लित भएका छन् ।

यथार्थ समाचार तयारका लागि सरोकारवाला निकाय तथा व्यक्तिसँग अन्तर्वार्ताको एक आपसी अभ्यास, फिचर लेखन, विकास निर्माण, स्थलगत अध्ययन तथा खोजमूलक, कृषि, पर्यटन, जलस्रोत, ऐतिहासिक, धार्मिक, यातायातलगायतका विविध पक्षमा लेखन शैलीबारे डा विजय मिश्रमार्फत प्रशिक्षण प्रदान गरिएको थियो ।

रसुवा जिल्लामा धार्मिक तीर्थ गोसाइँकुण्ड, चीनसँगको व्यापारिक उत्तरी रसुवागढी केरूङ नाका, पर्यटकीय क्षेत्र, लाङ्टाङ एवं गणेश हिमाल, जलविद्युत्, उत्तरगया धाम, तामाङ सम्पदामार्ग, पार्वती कुण्डजस्ता सम्पदा छन् । पत्रकारिताका माध्यमबाट सम्पदाको प्रचार–प्रसारका साथै पत्रकारिताको समग्र विषयमा थप जागरण ल्याउन नीतिगतरूपले हिमाली क्षेत्रका पत्रकारलाई क्षमता अभिवृद्वि तालिम प्रदान गरिएको सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतमले जानकारी दिनुभयो ।

रसुवाका पत्रकारलाई तालिमका साथसाथै स्थानीयस्तरमै प्रेस प्रतिनिधि प्रमाणपत्र र पत्रकार परिचयपत्रसमेत प्रदान गरिएको निर्देशक गौतमले जानकारी दिनुभयो । पत्रकारिताको क्षमता अभिवृद्वि तालिम कार्यक्रममा ३० प्रशिक्षर्थी सहभागी रहेको तालिमका व्यवस्थापक खगेन्द्र कार्कीले जानकारी दिनुभयो ।प्रशिक्षकले प्रत्येक विदामा सरलीकृत तवरबाट धेरैपटक कुरा बुझाउने र के-कति जाने भन्ने विषयमा सवाल–जवाफसमेत गराउँदा सिकाइमा सरलता आएको सहभागीहरूले बताए ।

तालिममा रासस, नेपाल टेलिभिजन, कान्तिपुर, त्रिशूली प्रवाह, रेडियो रसुवा, रेडियो लाङ्टाङ तथा समुन्नति मासिक, ई-कर्मचारी अनलाइनलगायतका सञ्चारमाध्यमका सञ्चारकर्मी सहभागी थिए । विभागले प्रदान गरेको तालिमले पुनः निरन्तरता पाउनेमा आशावादी रहेको सहभागीहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर