बिश्वकप : पहिलो हाफ सकिदा मोरक्कोविरुद्ध क्रोएसियालाई २-१ को अग्रता — OSNepal

बिश्वकप : पहिलो हाफ सकिदा मोरक्कोविरुद्ध क्रोएसियालाई २-१ को अग्रता

LC (KTM) December 17, 2022 0

कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत तेस्रो स्थानका अहिले क्रोएसिया र मोरक्कोबीच प्रतिस्पर्धा भईरहेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा जारी खेलको पहिलो हाफ सम्पन्न भएको छ । पहिलो हाफको समाप्ती संगै मोरक्कोविरुद्ध क्रोएसियाले २(१ गोलको अग्रता बनाएको छ ।

पहिलो हाफमा क्रोएसियाका जोस्को गार्भाडिओल ७ औ मिनेटमा र मिस्लाभ ओरिसिचले ४२ औ मिनेटमा एक एक गोलको योगदान दिए । मोरक्कोका अच्राफ दारीले खेलको ९ औ मिनेटमा एक गोल गरेका थिए । दुबै टिमको खेल एकदमै प्रतिष्र्धात्मक रहेको छ ।

दुबै टोली जित सहित प्रतियोगिताको सुखद अन्त्य गर्न चाहन्छ । अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २-० ले पराजित भएको थियो । यस्तै युरोपियन तथा साविक उपविजेता क्रोएसियालाई अर्जेन्टिनाले ३-० ले हराएको थियो । मोरक्को र क्रोएसिया समूह चरणमा समेत प्रतिस्पर्धा गरेका थिए । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर