लोक दोहोरी प्रतिष्ठान गुल्मीको अध्यक्षमा शिलु भट्टराई चयन — OSNepal

लोक दोहोरी प्रतिष्ठान गुल्मीको अध्यक्षमा शिलु भट्टराई चयन

LC (KTM) December 18, 2022 0

गुल्मी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीको अध्यक्षमा शिलु भट्टराई चयन भएकी छन् ।भट्टराईको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ । तम्घासमा शनिबार राति सम्पन्न अधिवेशनले आगामी २ वर्षको लागि नेतृत्व चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा मोहन बस्नेत, द्धितीय उपाध्यक्षमा श्रीधर पोखरेल, महिला उपाध्यक्षमा धनमाया राना, सचिव गणेश अधिकारी, सह(सचिव अनिल खत्री, कोषाध्यक्ष, लोकेन्द्र कुँवर, सह-कोषाध्यक्ष कमल कंडेल चयन भउका छन् । अधिवेशनको अवसरमा आधा दर्जन बढी कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

जसमा कलाकारहरु पुस्कल शर्मा, नारायण बिपी परियार, गणेश अधिकारी, उज्वल गिरी, रितु थापा, लालुमाया कँुवरलगायत रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर