श्रीमतीसहित १३ वर्षदेखि जापानमा बस्दै आएका राई मृत अवस्थामा फेला — OSNepal

श्रीमतीसहित १३ वर्षदेखि जापानमा बस्दै आएका राई मृत अवस्थामा फेला

LC (KTM) December 18, 2022 0

काठमााडौं – जापानको टोकियोमा एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर- ४ का ४२ वर्षीय दिवश राई रहेका छन् । रोजगारीका सिलसिलामा विगत १३ वर्षदेखि जापानमा श्रीमतीसहित बस्दै आएका राई गएराति साढे ११ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन् ।

उनी टोकियोको सुगिनामी वार्ड अन्तर्गत होरिनोउची बस्दै आएका थिए। शनिबार राति साढे ११ बजे श्रीमती कामबाट फर्कंदा राई मृत अवस्थामा भेटिएका र तुरून्तै प्रहरीलाई खबर गरी प्रहरीको जिम्मा लगाएको पारिवारिक स्रोतले जनाएको छ।

आवश्यक सबै सोधपुछ र अनुसन्धान पछि राईको पार्थिव शरीर अहिले पोष्ट मार्टमका लागि अस्पतालमा लैजाँदै गरेको बताइएको छ । स्वर्गीय राईकी नेपालमा ७ वर्षीय एक छोरी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर