क्रोएसियाका कप्तान लुका मोड्रिचले तत्कालै अन्तराष्ट्रिय फुटबलबाट सन्यास नलिने — OSNepal

क्रोएसियाका कप्तान लुका मोड्रिचले तत्कालै अन्तराष्ट्रिय फुटबलबाट सन्यास नलिने

LC (KTM) December 18, 2022 0

काठमाडौं । क्रोएसियाका कप्तान लुका मोड्रिचले तत्कालै अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा नलिने भएका छन् । क्रोएसियालाई विश्वकपमा तेस्रो स्थान दिलाउन सफल मोड्रिचले अर्को वर्ष जुनमा हुने नेसन्स लिग फाइनलसम्म अन्तर्राष्ट्रिय फुटबल खेल्ने योजना बनाएको समाचारमा जनाइएको छ ।

स्पेनिस क्लब रियल मड्रिडका प्लेमेकरले कम्तिमा अर्को वर्षसम्म क्रोएसियाका लागि खेल्ने योजना बनाएको बताएका छन्। शनिबार राति मोरक्कोलाई २(१ ले हराएर क्रोएसियाले तेस्रो स्थान हासिल गरेको थियो ।

३७ वर्षीय मोड्रिचले म कम्तिमा नेसन्स लिगसम्म जारी राख्न चाहन्छु। यसले मलाई युरो २०२४ को बारेमा सोच्न समय दिनेछ ।ु मलाई अझै पनि उच्च स्तरमा प्रदर्शन गर्न सक्छु जस्तो लागेको बताएका छन् । २०१८ को रुस विश्वकपमा मोड्रिचले क्रोएसियालाई उपविजेता बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर