फ्रान्सलाई उपाधी रक्षा गर्ने र अर्जेन्टिनालाई कप्तान मेस्सीको बिश्वकप जित्ने सपना पुरा गर्ने दबाबकाबीच कस्ले मार्ला बाजी ? — OSNepal

फ्रान्सलाई उपाधी रक्षा गर्ने र अर्जेन्टिनालाई कप्तान मेस्सीको बिश्वकप जित्ने सपना पुरा गर्ने दबाबकाबीच कस्ले मार्ला बाजी ?

LC (KTM) December 18, 2022 0

कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधीका लागि आज अर्जेन्टिना र फ्रान्सबीच प्रतिष्पर्धा हुदैछ । लुसिल स्टेडियममा हुने फाइनल खेल नेपाली समय अनुसार राति पौने ९ बजे बाट सुरु हुनेछ ।दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् ।

दुबै देशले हालसम्म समान दुई दुई पटक विश्वकपको उपाधी उचालिसकेका छन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी हात पारेको थियो । फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल पुगेको हो ।

मेस्सीका लागि कतार विश्वकप अन्तिम विश्वकप समेत रहेको छ । मेस्सीकै लागि भएपनि अर्जेन्टिनालाई विश्वकपको उपाधी जित्नै पर्ने दबाब रहेको छ । यता, ह्युगो लोरिसको कप्तानीमा रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । साविक विजेता समेत रहेको फ्रान्स उपाधी रक्षा गर्ने पक्षमा रहेको छ । अर्जेन्टिना र फ्रान्सबीच हालसम्म १२ खेलमा प्रतिस्पर्धा भएको छ ।

जसमा अर्जेन्टिनाले ६ खेल जितेको छ । फ्रान्सले ३ खेल जित्दा ३ खेल बराबरीमा सकिएको छ ।पछिल्लो पटक २०१८ मा रुस विश्वकपको राउण्ड अफ १६ मा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४(३ गोल अन्तरले पराजित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर