पहिलो हाफमा अर्जेन्टिनाले २ गोल गर्दा खाता नै खोल्न सकेन फ्रान्सले, फ्रान्सले पुनरागमन गर्ला त ? — OSNepal

पहिलो हाफमा अर्जेन्टिनाले २ गोल गर्दा खाता नै खोल्न सकेन फ्रान्सले, फ्रान्सले पुनरागमन गर्ला त ?

LC (KTM) December 18, 2022 0

कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा विश्वभरका आफ्ना शुभचिन्तक र फुटबल प्रेमीहरुको मन राख्दै अर्जेन्टिनाका
कप्तान मेस्सीले खेलको २३ मिनेटमा पहिलो गोल गर्न सफल भएका छन् । फ्रान्सका ओसुमाने डेम्बेलेले पेनाल्टी क्षेत्रभित्र एन्जल डी मारियालाई लडाएपछि अर्जेन्टिना पेनाल्टीको अवसर पाएको थियो । जसमा मेस्सीले सहजै गोल गरे ।

उपाधीका लागि अहिले अर्जेन्टिना र फ्रान्सबीच जारी प्रतिष्पर्धामा मेस्सीले पेनाल्टी मार्फत खाता खोल्न सफल भए भने दोसे गोल ३६ औ मिनेटमा एन्जेल डि मारियाले गरेका हुन् ।

खेलको पहिलो हाफमा साविक बिजेता फ्रान्सले खाता खोल्न सकेको छैन । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित खेलिरहेका छन् ।

दुबै देशले हालसम्म समान दुई दुई पटक विश्वकपको उपाधी उचालिसकेका छन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी हात पारेको थियो । फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल पुगेको हो ।

मेस्सीका लागि कतार विश्वकप अन्तिम विश्वकप समेत रहेको छ । मेस्सीकै लागि भएपनि अर्जेन्टिनालाई विश्वकपको उपाधी जित्नै पर्ने दबाब रहेको छ । यता, ह्युगो लोरिसको कप्तानीमा रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । साविक विजेता समेत रहेको फ्रान्स उपाधी रक्षा गर्ने पक्षमा रहेको छ ।

अर्जेन्टिना र फ्रान्सबीच हालसम्म १२ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जितेको छ । फ्रान्सले ३ खेल जित्दा ३ खेल बराबरीमा सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर