पछिल्लो २४ घण्टामा ५०५५ जना कोरोना संक्रमणमुक्त हुँदा, २ सय १४ जनाले भने गुमाए अकालमै ज्यान — OSNepal

पछिल्लो २४ घण्टामा ५०५५ जना कोरोना संक्रमणमुक्त हुँदा, २ सय १४ जनाले भने गुमाए अकालमै ज्यान

LC (KTM) May 13, 2021 0

काठमाडौँ ३० बैशाख । पछिल्लो २४ घण्टामा १९ हजार ४७४ जनामा पीसीआर विधिबाट र ७७१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा थप ८ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो जानकारी अनुसार हाल देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेकोछ । पछिल्लो २४ घण्टामा २ सय १४ जनाले कोरोनाबाट अकालमै ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या देशभर ४ हजार ४६६पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर