चीनसँगको विवादित सीमामा भारतीय सेना तैनाथ — OSNepal

चीनसँगको विवादित सीमामा भारतीय सेना तैनाथ

LC (KTM) December 20, 2022 0

नयाँ दिल्ली, ५ पुस-  भारतीय विदेशमन्त्री एस जयशंकरले चीनसँगको विवादित सीमामा सेना तैनाथलाई अभूतपूर्व स्तरमा पु-याएको बताएका छन् । भारतले चीनलाई सीमामा यथास्थिति ‘एकतर्फी रूपमा परिवर्तन’ गर्न नदिने उनले बताए ।

अरुणाचल प्रदेश राज्यको सीमामा रहेको विवादित क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच झडप भएको केही दिनपछि उनको टिप्पणी आएको हो ।
चिनियाँ सेनाको अतिक्रमणका कारण भिडन्त सुरु भएको भारतले दाबी गर्दै आएको छ ।

यसैबीच, चीनको परराष्ट्र मन्त्रालयले उनीहरुको जानकारी अनुसार सिमानामा स्थिति ‘सामान्यतया स्थिर’ रहेको र दुई पक्षले यस विषयमा वार्ता जारी राखेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर