विश्वकप जितेको खुशीयाली मनाइरहँदा मेसीसहित आधा दर्जन खेलाडी ठूलो दुर्घटनाबाट जोगिए — OSNepal

विश्वकप जितेको खुशीयाली मनाइरहँदा मेसीसहित आधा दर्जन खेलाडी ठूलो दुर्घटनाबाट जोगिए

LC (KTM) December 20, 2022 0

काठमाडौं । विश्व विजेता मेसीसहितका अर्जेन्टिनी खेलाडी ठूलो दुर्घटनाबाट जोगिएका छन् ।

आइतबार कतारमा भव्य रुपमा सम्पन्न भएको खेलबाट उपाधिसहित घर फर्किएको मेसीसहितका अर्जेन्टिनी टोलीका केही खेलाडी दुर्घटनाबाट जोगिएको बिबिसीले जनाएको छ ।

राजधानी ब्युनर्स आयर्समा मंगलबार बिहान परेडका क्रममा खुल्ला बसमा बसेका कप्तान लियोनल मेसीसहित ५ खेलाडीले सम्भावित दुर्घटना टरेको भिडियो समेत अहिले सामाजिक संजालमा देखन सकिन्छ ।

लाखौं समर्थकको भिडमा खुल्ला बसमा बसेका उनीहरु आफूहरुलाई छुनै लागेको बिजुलीको तारलाई बसमा सवार मेसीसहितका खेलाडीहरुले एक्कासी अगाडी पर्दा छल्न सफल भए र दुर्घटनाबाट जोगिएको दृश्य भिडियोमा देखिन्छ ।

उक्त बसमा मेसीहसति एन्जल डि मारिया, लिएनड्रो परेडेस, रोड्रिगो डे पउल र निकोलस ओटामेन्डी सवार थिए । उनीहरुले अन्तिम समयमा निहुरिएर तारलाई छलेको दृश्य भिडियोमा देखिन्छ ।

आफूहरु तार नजिक पुगेको थाहा पाउने वित्तिकै यी ५ खेलाडी ननिहुरिएको भए उनीहरुलाई ठूलै चोट लाग्न सक्थ्यो । मेसीको कप्तानीमा रहेको अर्जेन्टिनी टोलीले साविक विजेता फ्रान्सलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै ३६ वर्षपछि विश्वकपको उपाधि लिएर घर फर्किएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर