प्रधानमन्त्री मोदी कोदो भोजमा सहभागी — OSNepal

प्रधानमन्त्री मोदी कोदो भोजमा सहभागी

LC (KTM) December 20, 2022 0

नयाँ दिल्ली- प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार सांसदहरूसँग कोदो वर्ष २०२३ मनाउने सन्दर्भमा कृषि मन्त्री नरेन्द्र तोमरले आयोजना गरेको भोजमा सहभागी भएका छन् । । कोदोको परिकार खाने क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँगै कृषिमन्त्री नरेन्द्र तोमर, रक्षामन्त्री राजनाथ सिंह, राज्यसभाका अध्यक्ष जगदीप धनकरलगायत उपस्थित थिए । “हामीले कोदो र रागीबाट बनेको मिठाई लगायतका स्वादिष्ट परिकारहरू तयार गर्यौं जसका लागि कर्नाटकबाट विशेष रूपमा शेफहरू ल्याइएका थिए। प्रधानमन्त्रीले यहाँ खानाको आनन्द लिनु भएकोमा म खुसी छु,” कृषि राज्यमन्त्री शोभा करन्दलाजेले एएनआईलाई बताएकी छन् ।

आज तयार पारिएका परिकारमा कोदोबाट बनेको खिचडी, रागी दोसा, रागी रोटी, ज्वार रोटी, हल्दी सब्जी, बाजरा, चुर्मा लगायत थिए । प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा संयुक्त राष्ट्र संघले सन् २०२३ लाई अन्तरराष्ट्रिय कोदो वर्षकोरूपमा मनाउँने घोषणा गरेको छ।भारत सरकारले सन् २०१८ को अप्रिलमा कोदोलाई पौष्टिक अनाजको रूपमा सूचिकृत गरेको थियो त्यस पछि यसलाई पोशण मिशन अभियानमा समावेश गरिएको छ।

राष्ट्रिय खाद्य सुरक्षा मिशन अन्तर्गत १४ राज्यका २१२ जिल्लाहरूमा कोदोको लागि एक पौष्टिक अनाज कार्यक्रम लागू गरिएको छ।एसिया र अफ्रिकामा कोदोको बढी उत्पाउन हुने गर्दछ ।
भारत कोदोको प्रमुख उत्पादन गर्ने देश हो जसमा कांगनी, कुटकी वा सानो कोदो, कोडोन, गंगोरा वा बार्नयार्ड, चाइना र ब्राउन टप ज्वार, बाजरा, रागी र साना कोदो लगायत विभिन्न प्रजातिहरू छन् । भारतका धेरैजसो राज्यहरूले एक वा बढी कोदो बालीका प्रजातिहरू उब्जाउँछन्। विगत पाँच वर्षमा भारतले १३.७१ देखि १ करोड ८० लाख टन भन्दा बढी कोदो उत्पादन गरेको छ । भारतमा वार्षिक उत्पादनका दृष्टिले सन् २०२०-२१ मा सबैभन्दा बढी कोदो उत्पादन भएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर