कांग्रेसले गरेका राम्रा कामको चर्चा हुन सकेन : महामन्त्री शर्मा — OSNepal

कांग्रेसले गरेका राम्रा कामको चर्चा हुन सकेन : महामन्त्री शर्मा

LC (KTM) December 20, 2022 0

काठमाडौँ-नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस सरकारका पालामा भएका राम्रा कामको चर्चा हुन नसकेको बताउनुभएको छ ।नेपाल ट्रेड युनियन कांग्रेसका जिल्ला एवं आबद्ध सङ्घका अध्यक्षको विशेष भेलालाई आज सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेस सरकारको पालामा राम्रो काम भए पनि उक्त कामको चर्चा हुन नसकेको बताउनुभएको हो । “शेरबहादुर देउवा पटकपटक प्रधानमन्त्री भएर राम्रो काम गरे पनि चर्चा हुन सकेन”, उहाँले भन्नुभयो । देउवा प्रधानमन्त्री हुँदा मुक्तकमैया, दलित, महिला, जनजातिलगायतका आयोगको स्थापना हुन सम्भव भएको महामन्त्री शर्माको भनाइ छ ।

महामन्त्री शर्माले अहिले प्रधानमन्त्री र राष्ट्रपतिका लागि सबै दलहरू लडिरहेको भन्दै देशलाई अभिभावकको खाँचो रहेको बताउनुभयो । उहाँले नेकपा (माओवादी केन्द्र)ले अहिले सत्ताको आकाङ्क्षामा अर्को गठबन्धनको खोजी गर्नु गठबन्धन र जनाताको मर्मविपरीत भएको बताउनुभयो । उहाँले गठबन्धनले विभिन्न आलोचनालाई चिरेर एउटा परिणाम ल्याएको भन्दै सत्ताको आकाङ्क्षा र आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर जानुपर्ने बताउनुभयो ।

महामन्त्री शर्माले विगतको भन्दा पृथक ढङ्गबाट सरकार चलाउन नसके आममानिसमा राजनीतिक दलहरूप्रतिको भरोसा सकिने स्पष्ट पार्नुभयो । उहाँले श्रमिकको बिमा अभियानका नाममा राष्ट्रव्यापी बिमा अभियान चलाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर