आहा रारा गोल्डकपको पुरस्कार राशीमा बृद्धि — OSNepal

आहा रारा गोल्डकपको पुरस्कार राशीमा बृद्धि

LC (KTM) December 20, 2022 0

मोफसलको चर्चित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२ औं संस्करणमा १० टोलीले सहभागिता जनाउने भएका छन् । आयोजक सहारा क्लब पोखराले आज विज्ञप्ति जारी गर्दै प्रतियोगितामा सहभागि हुने १० वटा टोलीको सहभागिता रहने जनाएको छ ।

सहभागि हुने टोलीहरुमा साविक विजेता नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, आयोजक सहारा क्लब पोखरा, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, बीवाईएससी युएसए, संकटा क्लब र धरान फुटबल क्लब रहेका छन् ।

प्रतियोगिता यहि पुस १४ गते देखि २३ गतेसम्म संचालन हुनेछ । यस्तै आयोजकले पुरस्कार राशिमा वृद्धि गरिएको जानकारी दिएको छ । यस पटकको विजेताले १२ लाख पाउने छन् । १० लाखको पुरस्कार राशीमा २ लाख वृद्धि गर्दै १२ लाख बनाइएको हो ।

यस्तै दोस्रो हुने टोलीको पुरस्कारमा १ लाख वृद्धि गर्दै ६ लाख दिईने आयोजकले जनाएको छ । यस प्रतियोगिताको कुल अनुमानित आम्दानी १ करोड ५९ लाख ५० हजार रुपैया र कुल अनुमानित खर्च १ करोड १३ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर