नेपालको बालबालिकाको शिक्षाको लागि दी एक्स ब्यान्डको कन्सर्ट सानफ्रान्सिस्कोमा — OSNepal

नेपालको बालबालिकाको शिक्षाको लागि दी एक्स ब्यान्डको कन्सर्ट सानफ्रान्सिस्कोमा

LC (KTM) December 21, 2022 0

विन्दास टोली – वि द हेल्पिङ्ग़ ह्यान्ड्सको आयोजनामा क्रिस्मसको पुर्वसन्ध्यामा नेपालको चर्चित साँगितिक ब्यान्ड ‘दि एक्स ब्यान्डले आगामी शुक्रबार, डिसेम्बर २३ तारिखका दिन सान फ्रान्सिस्को शहरवासीलाई ब्यान्ड स्थापनाको ३० औं वार्षिकोत्सवको अवसरमा प्रस्तुति दिने भएका छन । विन्दास टोलीकै स्पोन्सरमा अमेरिका टूरमा रहेको ब्यान्डले पहिलो कन्सर्टका लागि सान फ्रान्सिस्को आईपुगिसकेको छ र कन्सर्ट सान फ्रान्सिस्को स्थित “रकपुल्को” ईभेन्ट सेन्टरमा सम्पन्न हुनेछ ।

“दि एक्स ब्यान्ड” नेपालमा सन् १९९२ मा स्थापना भएको एक रक व्याण्ड हो र यसका धेरै गीतहरुलाई नेपाली संगीत पारखीहरुले मन पराएका छन् । “दि एक्स ब्यान्ड”मा शिव मुखियासहित, सजल राजभण्डारी र सुरेन्द्र श्रेष्ठ सदस्य रहेका छन् । “एउटा चिठिको सहाराले” , “लुक्न देउ”, “चिया बारिमा”, “ठाडो जाने उकालो”, “म आऊदै छु”, जस्ता हिट नम्बर दिएको “दि एक्स ब्यान्ड”को लाईभ कन्सर्टको सम्पूर्ण तयारी भैसकेको छ । कन्सर्टलाई सभ्य र सुरक्षित हिसाबले सम्पन्न गर्न हलमा बिशेष सेक्युरिटि ब्यवस्था गरिएको आयोजकमध्येकी एक सुनिता धितालको दाबी छ ।

राति ८ बजेबाट कन्सर्ट सुरु हुनेछ र यस प्रतक्ष कन्सर्टमा सान फ्रान्सिस्को बे एरियाकै लोकल नेपाली ब्यान्ड “प्रोजेक्ट टी” र “सात पञ्चा नब्बे” को ओपनिङ प्रस्तुति रहने छ। कार्यक्रमको सञ्चालन अनुपमा पुरी र डी जे एस बाबुलो गर्नु हुनेछ । मनोरन्जनको साथमा उक्त कार्यक्रममा अर्जुन केसिको फोटोग्राफी र बिनोद केसिको भिडियोग्राफी रहनेछ ।

मःमः हब टाईटल स्पोन्सर रहेको यस कार्यक्रममा, अन्‍नपूर्ण रेस्टुरेन्ट प्लाटिनम स्पोन्सर रहेको छ भने तिलक इन्डियन कुजिन गोल्ड स्पोन्सर रहेको छ। कार्यक्रमलाई रिअल्टर जानुका श्रेष्ठ, मोर्गेज लोन अफिसर पल मोक्तान, मेकप आर्टिस्ट स्नेहा बिस्ट, ताशि देलेक रेस्टुरेन्ट, काठमांडौ कुजिन, रिअल्टर अनिल अर्याल र सि पि ए सन्तोष साहले सिल्भर स्पोन्सरको रुपमा प्रायोजन गरेका छन्।

यसका साथै अरु थुप्रै व्यक्ति विशेष र संस्थाहरुले पनि धेरै सहयोग गरेका छन्। “दि एक्स ब्यान्ड”लाई प्रत्यक्ष सुन्न विभिन्न चरणको टिकट राखिएको छ र टिकट विक्रीबाट कार्यक्रममा उठेको रकमको केहि प्रतिशत नाफा विन्दास टोलीको आफ्नै “स्टडी बडि” प्रोजेक्ट अन्तर्गत नेपालको विकट क्षेत्रमा रहेका विपन्न परिवारका बालबालिकाको शिक्षामा प्रयोग गरिने बताएको छ

विन्दास टोली सान फ्रान्सिस्को बे एरियामा रहेका नेपाली युवाको जमात हो। यस टोलिले सन २०१५ देखि बे एरियामा विभिन्न मनोरन्जनात्मक कार्यक्रम गर्दै आएको छ र ति कार्यक्रमहरुबाट बचेको रकमको अशं नेपालमा विपत व्यवस्थापन, महामारिको समयमा आर्थिक सहयोग, मास्क वितरण, शिक्षा क्षेत्रमा सहयोग जस्ता कार्यहरु गर्दै आएको छ। टोलीका कोर सदस्य सुदिप थापा, विशाल कार्की, राजु भट्टराई, सुजन गैरे र सुनिता धिताल मिलेर “दि एक्स”को लाइभ कन्सर्टलाई भव्य बनाउन लागिपरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर