चीनमा स्थानीय स्तरमै तीन हजारभन्दा बढीमा कोरोना सङ्क्रमण — OSNepal

चीनमा स्थानीय स्तरमै तीन हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

LC (KTM) December 21, 2022 0

बेइजिङ- चीनमा कोरोना सङ्क्रमित हुनेहरुको सङ्ख्या अहिले पनि प्रतिदिन बढ्दो देखिएको समाचारहरुमा जनाइएको छ । मङ्गलबार मात्र यहाँका स्थानीय स्तरमै सङ्क्रमित भएका व्यक्तिको सङ्ख्या तीन हजार ४९ जना भेटिएका बेइजिङस्थित स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

साथै यहाँ मङ्गलबार मात्र एक हजार नौ सय जना सङ्क्रमित उपचाररत स्वास्थ्य संस्थाबाट निको भएर घर फर्र्किएका चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार जानकारी दिएको छ । सो आयोगले बुधबार चीनमा कोरोनाबाट कसैको पनि मृत्यु नभएको जनाएको छ । तर यहाँ स्थानीय स्तरमा नै कोरोना सङ्क्रमित हुनेहरु भने घट्न नसकेको बताइएको छ ।

यो पनि:जापानमा जन्मदर घट्ने क्रम जारी -जापानमा नयाँ शिशु जन्मिने दर निरन्तर घट्ने क्रममा रहेको देखिएको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सन् २०२२ मा जापानमा जन्मिने शिशुको सङ्ख्या आठ लाखभन्दा कम हुने जनाएको छ ।मन्त्रालयको प्रारम्भिक तथ्याङ्कअनुसार जनवरीदेखि अक्टोबरसम्म जापानमा जन्मदर अघिल्लो वर्षको तुलनामा ४.८ प्रतिशतले घटेर छ लाख ६९ हजार ८७१ मा झरेको छ । गत वर्ष आठ लाख ११ हजार ६०४ नवजात शिशुको वार्षिक सङ्ख्या सात लाख ७० हजार पुग्ने अनुमान गरिएको छ ।

सन् १८९९ मा जापान सरकारले जन्मको तथ्याङ्क सङ्कलन सुरु गरेयता पहिलो पटक यो सङ्ख्या आठ लाखभन्दा तल झरेको छ ।
सरकारले अनुमान गरेभन्दा छिटो जन्मदर घटिरहेको जापानी अधिकारीहरूले जनाएका छन् । जापानको ‘नेसनल इन्स्टिच्युट अफ पपुलेसन एन्ड सोसल सेक्युरिटी रिसर्च’ले सन् २०१७ मा सन् २०२२ मा कूल जन्मदर आठ लाख ५० हजार र सन् २०३० मा आठ लाखभन्दा तल झर्ने प्रक्षेपण गरेको थियो ।

जापानको बढ्दो उमेरको समाजमा घट्दो जन्मदरले पेन्सन र वृद्धवृद्धाका लागि चिकित्सा सेवाजस्ता सरकारी सामाजिक सुरक्षा कार्यक्रमहरूको भविष्यको वित्त पोषणका लागि खतरा उत्पन्न गरेको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर