मलेसियामा बाढीको वितण्डा : पाँच जनाको मृत्यु, ७० हजारभन्दा बढीको उद्धार — OSNepal

मलेसियामा बाढीको वितण्डा : पाँच जनाको मृत्यु, ७० हजारभन्दा बढीको उद्धार

LC (KTM) December 21, 2022 0

क्वालालम्पुर–मलेसियामा मनसुनको कारण आएको बाढीले देशको उत्तरी क्षेत्रमा डुबानमा पर्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । बाढी पहिरोपछि ७० हजारभन्दा बढीलाई उद्धार केन्द्रमा पु¥याइएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

केलान्तान राज्यमा ३१ हजारभन्दा बढी मानिसहरु आफ्नो घर छोडेर भागेका छन् भने हप्ताको अन्त्यमा बाढी आएपछि ३९ हजारभन्दा बढी बासिन्दालाई छिमेकी तेरेन्गानुमा अस्थायी आश्रयस्थलमा सारिएको आधिकारिक बर्नामा समाचार संस्थाले जनाएको छ । वर्षापछि प्रभावित क्षेत्रमा पानीको सतह बढेर तीन मिटरसम्म पुगेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर