पूर्वप्रम झलनाथ खनालद्वारा अध्यक्ष नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी — OSNepal

पूर्वप्रम झलनाथ खनालद्वारा अध्यक्ष नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी

LC (KTM) December 21, 2022 0

काठमाडौँ-नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यावस्थाको जानकारी लिनुभएको छ ।महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेर नेता खनालले चिकित्सकसँग अध्यक्ष नेपालको स्वास्थ्यबारे जानकारी लिनुभएको हो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका नेपाल छातीमा सङ्क्रमण देखिनुका साथै रुघाखोकी लागेपछि मङ्गलबारदेखि अस्पताल भर्ना हुनुभएको छ ।पार्टी कार्यालय सचिव एवं उपमहासचिव गङ्गालाल तुलाधरले पार्टीको तर्फबाट आज विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

उहाँका अनुसार अध्यक्ष नेपालमा ज्वरो सामान्य छ भने स्वास्थ्यमा क्रमिक सुधार आएको छ । छातीरोग विशेषज्ञ सन्तकुमार दासको नेतृत्वको टोली अध्यक्ष नेपालको उपचारमा संलग्न रहेको पार्टी सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर