गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्यको सपथ पुस १३ गते — OSNepal

गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्यको सपथ पुस १३ गते

LC (KTM) December 22, 2022 0

गण्डकी-गण्डकी प्रदेशसभा सदस्यामा जनताबाट चुनिएका सदस्यमध्ये ज्येष्ठ सदस्यलाई यही पुस १३ गते पद तथा गोपनीयताको सपथ गराइने भएको छ ।गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८२(५) र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५(१) बमोजिम उक्त दिन ११ बजे प्रदेश प्रमुखको निवास सिमलचौरमा सपथ गराउनुहुने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशसभा सचिवालयका सचिव हरिराज पोख्रेलका अनुसार गण्डकी प्रदेशसभामा ज्येष्ठ सदस्य पर्वत निर्वाचन क्षेत्र नं १(२) बाट निर्वाचित मित्रलाल बस्याल रहनुभएको छ । ज्येष्ठ सदस्य बस्यालले पुस १४ गते गण्डकी प्रदेशसभाका अन्य सदस्यलाई पद तथा गोपनीयताको सपथ गराउनुहुने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर