चीनमा कोरोना संक्रमण ह्वात्तै बढ्न थालेपछि कागती किन्न मानिसहरुको तँछाडमछाड, माग बढेसँगै मूल्य पनि उच्च — OSNepal

चीनमा कोरोना संक्रमण ह्वात्तै बढ्न थालेपछि कागती किन्न मानिसहरुको तँछाडमछाड, माग बढेसँगै मूल्य पनि उच्च

LC (KTM) December 22, 2022 0

एजेन्सी -चीनमा पछिल्लो समय कोरोना भाइरस संक्रमण बढ्दै गएपछि कागती किन्नेहरको तछाड मछाड हुन थालेको छ । कोरोना भाइरसविरुद्ध प्रतिरोधी क्षमता बढाउने भन्दै मानिसहरु कागती खरिद गर्न बजारमा तँछाडमछाड गरिरहेका हुन् ।

फ्लु तथा चिसोको औषधिको अभावका कारण मानिसहरु प्राकृतिक तरिकाबाट बच्न कागती प्रयोग गर्न थालेका हुन् । जसकारण बजारमा कागतीको बिक्री ह्वात्तै बढेको छ ।

चीनको दक्षिण पश्चिमी क्षेत्र सिचुआन प्रान्तमा बस्ने वेन नामका किसानले हप्ता आफूले २० देखि ३० टनसम्म कागती बिक्री गरेको बताए । जबकि त्यसअघि उनले हप्तामा केवल ५ देखि ६ टन मात्रै कागती बेचिरहेका थिए ।

वेनले १३० एक्कड जमिनमा कागती खेती गरेका छन् । पछिल्ला चार(पाँच दिनमा कागतीको मूल्यमा पनि तीव्र वृद्धि भएको बताइउको छ । चिसो तथा फ्लुको औषधिको अभावसँग जुधिरहेका बेइजिङ र सांघाईबाट कागतीको माग सबैभन्दा धेरै आइरहेको ती किसानले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर